काठमाडाैं : देशैभर सिन्डिकेट लादेर सार्वजनिक यातायातमा वितण्डा मच्चाएका गाडी मालिकहरूको बैंक खाता खोल्न सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेल नै जमानी बस्ने भएका छन् ।
विभिन्न समिति बनार्इ सिन्डिकेट चलार्इरहेका व्यवसायीको बैंक खाता यही सरकारले नै बन्द गरिदिएको थियो । समिति समेत खारेज गरेर यातायात क्षेत्रको सुधारका लागि गृहमन्त्रालयले कदम चालिरहेका बेला सरकारकै उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले भने यातायात व्यवसायीको प्रतिरक्षा गरिदिएका हुन् ।
यातायात व्यवसायीको हितका लागि विद्यमान नीति र कानूनी संरचना समेत तोड्न पछि नपर्ने उल्लेख गर्दै रक्षामन्त्री पोखरेले सिन्डिकेटधारी व्यवसायीको समस्या समाधान गर्न अाफु जमानी बस्ने बताएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको छैठौं अधिवेशन तथा बाह्रौं बार्षिक साधारणसभालार्इ सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले यातायात समितिका बैंक खाता रोक्का गर्नु अनुचित कार्य भएको उल्लेख गरे ।
अाफुलार्इ लिखित रूपमा बैंक खाता खोल्ने निवेदन दिन अाग्रह गर्दै मन्त्री पोखरेलले सो जिम्मा अाफुले पुरा गर्ने बताए । बैंक खाता खोल्न अाफु जमानी नै बस्ने बताउँदै पोखरेले यातायात व्यवसायीका माग तत्काल पुरा गर्न अाफुले मध्यस्थता गरिदिने पनि बताएका छन् ।
सरकारले खारेज गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले दशैं अाउन लागिसक्दा पनि बैंक खाता रोक्का भएकाले कर्मचारीले तलब खान नपाएको दाबी गरे । रोक्का बैंक खाता तत्काल खोल्न उनले सरकारलार्इ दबाब समेत दिएका थिए ।
सो कार्यक्रममा अाएका पूर्व भाैतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायर र पूर्व राज्यमन्त्री सीता गुरूङले सरकारले व्यवसायीलार्इ अपराधीकै हैसियतमा राखी व्यवहार गरिरहेको बताए ।
यो पनि :
सिन्डिकेटविरुद्ध सरकार कडा, आन्दोलन गरे यातायात समितिको बैंक खाता रोक्का
यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय, बैंक खाता समेत रोक्का
२४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का
यातायात व्यवसायीको पक्षमा सांसद, बैंक खाता फुकुवाको माग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया