काठमाडौं । माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई इएमआई सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटिभी स्ट्रिम्ज प्रालि र वल्र्ड लिंक कम्युनिकेशनबीच त्रिपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनआईटिभी र वर्ल्ड लिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टा पे सुविधा मार्फत टिभि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमईमा लिन सकिने व्यवस्था गरिएको छ । आउदो दशैँ तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी र वर्ल्ड लिंकले संचालन गरेको फेस्टी अफरमा ग्राहकले करीव ५६ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टा पेबाट उपभोग गर्न सक्नेछन् । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वर्ल्ड लिंक र एनआईटिभीको नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया