आजबाट नयाँ नोट वितरण शुरु, कहाँ–कहाँ साट्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । 

हिन्दूहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आज (आइतबार) बाट नयाँ नोट वितरण शुरु गरेको हो । 

असोज २९ गतेसम्म सर्वसाधारण नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका प्रवक्त नारायण पौडेलले जानकारी दिए । 

प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २ र २ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ ।
नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सक्ने छन् भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुले पनि नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।

उपत्यका बाहिरको लाथि भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?