काठमाडौं । भारतीय हास्य कलाकार राजु श्रीवास्तव पछिल्लो ३५ दिनदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन्। प्रशंसक र परिवारले राजुको स्वास्थ्यमा सुधारको कामना गरिरहेका छन्। उनी अहिले पनि भेन्टिलेटर सपोर्टमा छन् ।
उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हृदयघात भएपछि उनी बेहोस भएका थिए । राजु श्रीवास्तव कहिले निको भएर घर फर्कने भन्ने बारे एम्सका डाक्टरहरूले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्।
राजु श्रीवास्तवको स्वास्थ्य अवस्थालाई लिएर उनका फ्यान र फ्यानले सामाजिक सञ्जालमा लगातार ट्विट र पोस्ट गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार आएको छ । हात र खुट्टामा हल्का हलचल भएको छ । डाक्टरहरुले राजुलाई होश नआएसम्म उनको स्वास्थ्यबारे केही भन्न नसकिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया