सिरी ‘ए’ लिग फुटबलमा युभेन्टस विजयी

एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबल अन्तर्गत युभेन्टस विजयी भएको छ ।

शनिवार राति सम्पन्न भएको खेलमो युभेन्ट्सले युडिनेसीलाई २-० गोल अन्तरले पराजित गर्‍यो । खेलको ३३ औँ मिनेटमा युभेन्ट्सका लागि रोड्रिगो बेन्टान्करले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

उनले जाओ क्यान्सेलो दिएको पासलाई सदुपयोग गर्दै गोल पोष्टको जाली चुमाए । खेलको ३७ औँ मिनेटमा क्रिश्चियानो रोनाल्डोले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए ।

खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको युभेन्ट्सले दोस्रो हाफमा भने गोल गर्न सकेन् । निर्धारित समयसम्म  युडिनेसीले पनि केही गोल गर्नेमा पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहोर्‍यो । 

जितपछि युभेन्टसले ८ खेलबाट २४ अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?