एजेन्सी । फ्रेन्च लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले शानदार जीत हात पारेको छ ।
आइतवार राति भएको खेलमा पिएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गर्न सफल भयो । पिएसजीका लागि केलियन एमबाप्पे एक्लैले ह्याट्रिकसहित चार गोल गरेका थिए ।
खेल शुरु भएको ९ मिनेटमा नै ब्राजिलियन स्टार नेइमारको पेनाल्टीमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै, ३२ औँ मिनेटमा पेसनेल किमपम्बे रातो कार्ड खादै मैदान बाहिरिएपछि पिएसजी दश खेलाडीमा सिमित भएको थियो ।
पहिलो हाफसम्म १-० गोलले अगाडि रहेको पिएसजीले दोस्रो हाफमा थप चार गोल थप्यो । खेलको ६१ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै क्लबलाई अग्रतालाई दोब्बर बनाए । त्यस्तै उनले खेलको ६६ औँ मिनेटमा, ६९ औँ मिनेटमा तथा ७४ औँ मिनेटमा गोल गरेका थिए । जीतपछि पिएसजी ९ खेलबाट २७ अंकका साथ लिगको शिर्ष स्थानमा छ ।
आइतवार राति नै भएको अर्को खेलमा रेननेसले मोनाकोलाई २-१ गोल अन्तरले, मार्सेल्लोले केनलाई २-० गोलले तथा बोर्डौसले नान्तेसलाई ३-० गोल अन्तरले हराउन सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया