काठमाडौं । आगामी कात्तिक ९ गतेबाट पोखरामा शुरु हुन लागेको पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’को मान्यता पाएको बताइएको छ ।
‘पीपीएल’ लिगको मुख्य आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले ‘आइसीसी’ले मान्यता प्राप्त पत्र पठाएको जानकारी दिएको हो ।
अप्रुभल पत्रमा ‘पीपीएल’ आइसीसीको नियम र कानुनमा आधारित रहेको र यो प्रतियोगिताले विदेशी खेलाडी पनि राख्न पाउने उल्लेख गरेको पनि उनले जानकारी दिए ।
नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय नभएकोले ‘आइसीसी’ले नै नेपालको सम्पूर्ण गतिविधि हेर्दै आएको छ । यसअघिका एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ र धनगढी प्रिमियर लिग ‘डिपिएल’ले पनि आइसीसीबाट मान्यता लिएको थियो ।
कात्तिक २० गतेसम्म चल्ने लिगमा विभिन्न ६ शहरका ६ टिम सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया