पक्राउ परेका बौद्धका डिएसपीको ठाउँमा चन्दको सरुवा, कसलाई कहाँ खटाइयो ?

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारको टोलिले १ लाख ४० हजार घुससहित  रंगेहात पक्राउ गरेसँगै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई  बौद्ध सरुवा गरेको छ । 

डीएसपी चन्दलाई काजमा वौद्ध प्रहरी वृत्तमा सरुवा गरेको हो । 

यसैगरी डीएसपी अपिल बोहरालाई महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ भने कुमार विक्रम थापा महानगरीय प्रहरी वृत्त थानकोटमा सरुवा गरिएको छ । 

यसअघि नवरत्न पौडेल थानकोटमा सरुवा गरिएको थियो ।  

यसैगरी महानगरीय प्रही वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई काज सरुवा गरिएको छ । 

सातदोबाटो वृत्तमा कार्यरत डीएसपी विनोद सिलवाललाई अपराध अनुुसन्धान विभागमा सरुवा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?