काठमाडौं । ब्रिटिस ओपन इन्टरनेसनल कराँते ‘विकेएस’ प्रतियोगिताका पदक बिजेता खेलाडी सोमवार सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्मा तथा सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरुमा विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ, सोनाम लामा र रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका हुन् ।
ब्रिटिस कराँते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा आश्विन ६ र ७ सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा फाईनलमा पराजित भए पछि रजत पदकमा सिमित भएका थिए ।
सोनमले नै कुमुतेको ब्यक्तिगत स्पर्धा अन्र्तगत पुरुष कुमुतेको ६० केजी मुनी नेपाललाई कास्य पदक दिलाएका थिए । त्यस्तै नेपालकातर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एशियन रेफ्री सृजना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिइन् ।
नेपाली टिममा सहभागि ब्यवस्थापक राजेन्द्र दुलाल, कुवेर एसके, खेलाडी सागर गुङलाई पनि सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया