काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतवार (असोज २) गतेबाट लागु हुनेगरि नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याउँदै छ । अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अन लिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदालिन सक्छन् ।
प्याकहरु आइतवारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले प्याकहरु आइतवार देखि मंगलवार अर्थात असोज २ देखि ४ गतेसम्म मात्र लिन पाउँनेछन् । असोज ३ गते सोमवार आठौं संविधान दिवस मनाईदै छ । ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित ५९ रुपैयाँमा खरिद गर्न सक्छन् । प्याक सुचारु गरेपछि ग्राहकले एक दिनअर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवालिन पाउने एनसेलले जनाएको छ ।
एनसेल बाहेक अन्य सेवाप्रदायकका नम्बरहरुमा अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्ने छन् । प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुने बताइएको छ ।
संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेका एनसेलले जनाएको छ । प्याक मार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया