काठमाडौं । मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा २ सय ४५ वटा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु समेत गरी उक्त संंख्यामा संस्थाहरु मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भएका हुन् ।
यसरी ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुँदा एक सय ७८ वटा संस्थाहरुको इजाजत खारेज भई ६७ वटा संस्थाहरु कायम भएको राष्ट्र बैंकको भनाई छ । यसैगरी सात वटा प्रदेशका कुल सात सय ५३ स्थानीय तहमध्ये २०७९ साउनसम्म सात सय ५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।
२०७८ साउनसम्म सात ५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकको भनाई छ । चालु आवको पहिलो महिनासम्ममा अनुमती प्राप्त बैंक तथा फाईनान्स कम्पनीहरुले कुल संख्या भने एक सय २६ वटा पुगेको छ ।
सो मध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ रहेकोमा २०७९ साउन मसान्तमा ११ हजार पाँच सय ५५ वटा पुगेको छ ।
यस अन्तर्गत बाणिज्य बैंकहरुको पाँच हजार ३१, बिकास बैंकहरुको एक हजार एक सय २०, फाईनान्स कम्पनीहरुको दुई सय ६९ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ३५ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया