काठमाडाैं : आँखुखोला हार्इड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आजदेखि १३ लाख ७६ हजार २० कित्ता प्राथमिक शेयर (अार्इपीअो) बिक्री खुला गरेको छ। कूल जारी पूँजी ८० करोड रूपैयाँ रहेको यो कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाटको हार्इड्रोपावर निर्माण गरेको छ ।
प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गरिएको शेयरमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । १२ लाख ७९ हजार ६९९ कित्ता सेयर भने अाम सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार असोज २६ गतेभित्र अाँखुको अार्इपीअो भरिसक्नुपर्नेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ । अधिकतम ५० कित्तादेखि बढिमा ६ हजार कित्तासम्मका लागि आयोजना प्रभावितले आवेदन दिन सक्नेछन् । पूँजीबजार नियामक धितोपत्र बोर्डले यो कम्पनीलार्इ असार २७ गते नै आर्इपीओ निष्काशनको अनुमति दिएको थियो ।
आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत शेयर खरिदका लागि अावेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया