नेपाल बैंक लिमिटेडमा पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

लोकपथ
56
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आवश्यकता अनुसारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावा रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी योजनामा बैंकले ५ लाखसम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।

संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले एक लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स सञ्चालनमा ल्याएको छ ।

अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना ९ दिनमा सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा सञ्जाल भएको कारणले पनि विदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ । यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?