मौरिन्हो म्यान्चेस्टर युनाइटेडको लागि सही व्यक्ति होइन : क्रिस सुटन

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका पूर्व फर्वाड क्रिश सुटनले प्रशिक्षक जोस मौउरिन्हो क्लबको लागि सहि व्यक्ति नभएको बताएका छन् । 

सुटनले २९ वर्षको जारी प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले खराब प्रर्दशन गरेको पनि उनले जानकारी दिए । साथै, मौउरिन्हो क्लबको प्रशिक्षकका रुपमा रहेमा सबै खेलाडीहरुले टिम छाड्ने समेत बताएका छन् । 

यो सिजनको प्रिमियर लिगमा खराव प्रर्दशन गरिरहेको युनाइटेडमा मौउरिन्हो क्लबको प्रशिक्षकमा रहि रहेमा क्लबका १० खेलाडीहरुले क्लब छाड्न सक्ने बताइएको छ । 

म्यान्चेस्टर युनाइटेडले न्युक्यासलसँगको खेलमा पनि कठिन जीत हात पारेको थियो । युनाइटेडले न्युक्यासललाई ३-२ गोलले पराजित गरेको थियो । क्लब र प्रशिक्षकबीच मतभेद बढि रहेका बेला युनाइटेडको व्यवस्थापक पक्षलाई टाउको दुखाईको विषय बनेको छ ।

८९ मिलियन पाउण्डमा क्लबका आवद्ध भएका पाउल पोग्वा प्रशिक्षक मौउरिन्होको व्यवहारप्रति रुष्ट छन् । उनी क्लब छाड्ने खेलाडीको सुचीमा अग्र स्थानमा छन् । त्यस्तै, लुकी सले पनि मौउरिन्हो क्लबमा हुँदासम्म सम्झौता नविकरण नगर्ने बताएका छन् । 

यता एन्टोइन मार्सियल,  गोलरक्षक डेविड, कप्तान एन्टोनियो भ्यालेन्सिया र जुवान माटाले क्लब छाड्ने बताएका छन् । 

जारी लिगमा म्यान्चेस्टर युनाइटेडले ८ खेल खेलिसकेको छ । जसमध्ये ४ खेलमा जीत, एकमा बराबरी र तीन खेलमा हार बेहोरेको छ । कुल १३ अंक बनाएको युनाइटेड लिग तालिकाको आठौँ स्थानमा छ ।

यता म्यान्चेस्टर सिटी भने २० अंकका साथ शिर्ष स्थानमा छ भने चेस्सी र लिभरपुल क्रमश: दोस्रो र तेस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?