१. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत जान खोजेपछि लगाइयो रोक, सरकारले ‘नजरबन्द’ मा राखेको प्रतिक्रियापछि जबरा निवासमा पुग्यो राष्ट्रिय मानवअधिकार आयोगको टोली ।
२. टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन उच्च अदालत पाटनले जारी गर्यो अन्तरिम आदेश, असोज ५ गते दुबै पक्षलाई छलफलका लागि बोलाइयो ।
३. वर्तमान सरकार आम नेपालीको जीवन रक्षाका लागि प्रतिबद्ध भएको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, नेपाल प्रहरीले आम नागरिकको जनधनको रक्षा र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गरेको उल्लेख ।
४. जनताको जीविकोपार्जन सहजताका लागि आर्थिकक्रान्ति आवश्यक रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानुनहरु समयमै बनाउनुपर्नेमा जोड ।
५. राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ७०२ जना कैदीको कैद मिनाहा, सजाय मिनाह भएका कैदी भोलि संविधान दिवसको दिन छुट्ने ।
६. पछिल्लो पाँच महिनामा विपद्का घटनामा परि देशभर २०३ जनाको मृत्यु, विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति ।
७. लामो समयदेखि उच्च दरमा बिक्री भइरहेको खानेतेलको मूल्यमा पछिल्लो १ सातायता निरन्तर ओरालो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो ।
८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोप ।
९. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव शिवाकोटीको गरियो सकुशल उद्धार, २२ घण्टापछि ढुंगामा अड्किएको अवस्थामा फेला ।
१०. पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६१ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३० मा झर्यो ।
११. साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक ३३ दशमलव ९७ अंक घट्दा एक अर्ब ६० करोडको कारोबार ।
१२. आँधीपछि दक्षिणपश्चिम जापानका ३० लाख मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान जापान सरकारको अनुरोध, तुफानका कारण २५ हजारबढी घर बिजुलीविहीन, रेल तथा जहाज सेवासमेत प्रभावित ।
१३. अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु, घटनाको विषयमा युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले अनुसन्धान गर्दै ।
१४. बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशसँग चौंथो खेल खेल्दै, लगातार तीन खेलमा हार व्यहोरेको नेपाल पहिलो जितको खोजीमा ।
१५. भोलि (सोमवार) हुने महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशविरुद्ध जित हातपार्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाको दाबी, आफुहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको कप्तान एन्जिला सुब्बाको भनाइ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया