काठमाडौं । ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो ।
पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । २८औँ मिनेटमा जिजसले अग्रता दोब्बर पारे । ४९औँ मिनेटमा फावियो भियराले आर्सनलका लागि तेस्रो गोल गरे ।
जितसँगै सात खेलबाट १८ अंक जोडेको आर्सनले तालिकाको शीर्ष स्थानमा उक्लियो । यता, आर्सनलसँग पराजित ब्रोन्टफोर्ड नौ अंकसहित नवौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया