काठमाडाैं । बलिउड अभिनेत्रीहरुको सौन्दर्यका करोडौं फ्यान रहेका छन् । उनीहरु आफ्नो सुन्दर्ता र आफ्ना एकटिङका कारण लाखौँ फ्यानको मनमा राज गरिरहेका हुन्छन् । उनीहरुको यो सुन्दरता पछाडिको रहस्य उनीहरुको मेकअप पनि हो। मेकअपले उनको सौन्दर्यमा थप उर्जा थप्छ ।
अभिनेत्रीहरु प्रायः सार्वजनिक स्थानमा धेरै मेकअप गरेर देखिने गर्छन् । तर, फ्यानहरू आफ्ना मनपर्ने अभिनेत्रीहरू वास्तविक जीवनमा मेकअप बिना कस्तो देखिन्छन् भनेर जान्न उत्सुक हुन्छन्। आज हामी तपाईलाई बलिउड अभिनेत्रीहरुको बिना मेकअप लुक्सको बारेमा बताउन गइरहेका छौँ ।
अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्मा बलिउडकी सबैभन्दा सफल अभिनेत्री मध्ये एक हुन् । उनले अहिलेसम्म धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । मेकअप नगरी पनि उनी निकै सुन्दर देखिन्छिन् ।
प्रियंका चोपडा
बलिउडसँगै प्रियंका चोपडाले अहिले हलिउडमा पनि आफ्नो कदम बढाइसकेकी छिन् । उनले अहिलेसम्म धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । मिस वर्ल्ड भइसकेकी प्रियंका रियल लाइफमा कालो छिन् तर फिल्ममा धेरै मेकअपका कारण उनी गोरी देखिन्छिन् ।
आलिया भट्ट
आलिया भट्ट अहिलेको सबैभन्दा चर्चित अभिनेत्री हुन् । आलियाको सुन्दरताका करोडौं फ्यान छन् । यद्यपि उनी मेकअप नगरी पनि राम्रो देखिन्छिन्। सामाजिक सञ्जालमा अभिनेत्रीले धेरै पटक आफ्नो बिना मेकअप लुकको तस्विर फ्यानसँग सेयर गरेकी छिन् ।
ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्यालाई बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मानिन्छ । उनको सौन्दर्यको भारतमा मात्रै नभइ विश्वका धेरै कुनामा पनि धेरै फ्यान छन् । अहिलेसम्म धेरै ब्लकबस्टर फिल्ममा काम गरिसकेकी ऐश्वर्याले मेकअप नगरी पनि बाँकी अभिनेत्रीलाई मात दिन्छिन् ।
रानी मुखर्जी
रानी मुखर्जीले आफ्नो सुन्दरता र आफ्नो कामले दर्शकको मन जितेकी छिन् । उनको आँखा मन पराउनेहरुको लामो सूची छ । रानी बिना मेकअप निकै सिम्पल देखिन्छिन् । मेकअप बिना उनका धेरै तस्बिरहरू इन्टरनेटमा उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया