साँग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

लोकपथ
14
Shares

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  आईतवार साँग्रिला डेभलपमेन्ट बैंक बागलुङ्ग बसपार्क शाखाका प्रमुख कमला गिरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्वारा सञ्चालित उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरुलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत बिमा, ऋण, लगानी विप्रेषणलगायतका विषयहरुमा सहजीकरण गरेकी थिईन ।

साथै, हाल साँग्रिला डेभलपमेन्ट बैंकले एक सय १२ वटा शाखाहरु र ३२ वटा एटिएमबाट विविध बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । उत्थानशिल जिविकोपार्जन कार्यक्रमका बैंकका संयोजक देव नारायण पौडेल, जिविकोपार्जन परामर्शकता आदर्श न्यौपाने र सामाजिक परिचारिकालिला देवकोटाको सहजीकरणमा पोखरा महानगरपालिका वडा नम्बर १८ का ४३ जना लाभग्राहीबीच कार्यक्रम सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?