काठमाडौं । नबिल बैंकले अस्ट्रेलियन डलर साट्ने सेवा सुविधा दिने भएको छ ।
नबिल बैंकले विगतमा १० लाख अस्ट्रेलियन डलर साट्ने सेवा सुविधा प्रदान गरेको थियो । बैंकले यहि शुक्रवार २० लाख अस्ट्रेलियन डलर ल्याउन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए ।
बैंकले नेपालीहरुलाई अस्ट्रेलियाका लागि शैक्षिक कर्जा सुविधा दिदै आइरहेको थियो । ‘‘हामीले नेपालीहरुलाई लक्षित गर्दै यसपाली २० लाख डलर साट्ने सुविधा दिन लागेको हो, बैंकले यससँग सम्बन्धित प्याकेज नै ल्याएका छौँ ’’ उनले भने ।
साथै उनले विद्यार्थीहरुलाई मात्र नभएर उनीहरुलाई भेट्न जाने अभिभावक र आफन्तजनलाई सहजै डलर उपलब्ध गराउने उद्देश्यले यस्तो सुविधा दिएको पनि बताए । उनी भन्छन्, ‘‘हामीहरुले विद्यार्थी तथा उनीहरुका अभिभाबक र आफन्तजनलाई ट्राभल इन्स्योरेन्सदेखि करेन्सी कार्डसम्म उपलब्ध गराउँछौं’’
नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई स्वीकृति दिएपछि आफैले अस्ट्रेलियन डलर ल्याएर साट्ने सुविधा दिन थालेको हो।
बैंकका अधिकृत शाहले केही दिनमा तीन करोड रुपैयाँ भन्दा कमको साना तथा मझौला उद्यमका लागि सस्तो ब्याज दरमा ऋणको स्किम पनि दिने बताए । उनले बैंकले ९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने समेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया