पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौं : शिक्षामन्त्री

लोकपथ
14
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना गर्नुभन्दा सामूहिक प्रत्यन गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा बर्तमान अवस्था र भावी कार्यदिशा” विषयक छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताएका हुन् ।

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिदैन,” उनले भने, “प्रध्यापक, शिक्षक, कर्मचारी, नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षामा सुधार हुन्छ ।” बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शैक्षिक संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको मन्त्री पौडेलले औंल्याए ।

विश्वविद्यालयका आंशिक क्याम्पसहरु शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले बैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे ।

“विद्यार्थीहरुले परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? भन्दै गरेका मन्त्री पौडेलले , अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौं सबै समयमा हुन्छ भनेका थिए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?