साफ यू-१५ च्याम्पियनसिपका लागि नेपालको टिमको घोषणा

काठमाडौं । नेपालमा नै आयोजना हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपालको पुरुष टिमको घोषणा भएको छ। 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले मंगलवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। नेपाली यू-१५ टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षक मनिस तिम्सिनाको टोलीले पहिलो चरणमा ४५ जना खेलाडीको छनोट गरेको थियो।

त्यसबाट उत्कृष्ट २३ खेलाडीहरुको अन्तिम चयन गरेको हो । 

यही अक्टोबर २५ देखि नोभेम्वर ३ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सो प्रतियोगिता सञ्चालन हुँदैछ । समूह ‘ए’मा नेपालसहित माल्दिभ्स र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र भुटान छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?