महिला साफ : नेपालमाथि बंगलादेशको २–० को अग्रता

लोकपथ
112
Shares

काठमाडौं । छैटौँ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल भइरहेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपाल र बंगलादेशबीच खेल भइरेहको छ । खेलको ४२ औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

यसपटकको महिला साफ च्याम्पियनसिपको फाइनलमा फरक दृश्य देखिएको छ । फरक यो मानेमा कि पहिलो संस्करणबाट नै लगातार पाँच पटक उपाधि चुमेको भारत यसपटक भने सेमिफाइनलबाटै किनारा लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?