काठमाडौं । मानव अधिकार रक्षकको संरक्षणका नीतिगत र व्यवहारिक सरोकारहरुमा गर्नुपर्ने पहल, पैरवी र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम आज हुँदैछ ।
मानव अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील मानव अधिकार रक्षकहरुको सुरक्षा र काम गर्ने वातावरणमा चुनौतीहरु थपिँदै आएका छन् । मानव अधिकार उल्लङ्घनका घटना र तिनका प्रवृत्तिहरू पनि जटिल र संवेदनशील बनेका छन् ।
मानव अधिकार संरक्षण र संवर्धनका लागि राज्यले मानव अधिकार रक्षक तथा राष्ट्रिय मानव अधिकार संस्थाको कार्यक्षमता अभिवृद्धिका साथै काम गर्ने वातावरण सुधार गर्नु आवश्यक रहेकाले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया