काठमाडौं : अमेरिकाले साझेदारहरूसँग थालेको व्यापार युद्धका कारण अमेरिकी डलरको मूल्य १ सय २० रूपैयाँ नजिक पुगेको छ । अमेरिकी मुद्रासँग नेपाली रूपैयाँको हालसम्मकै फराकिलो अवमूल्यन भएको छ ।
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११८ रूपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रूपैयाँ ३३ पैसा कायम तोकेको छ । डलर साट्दा यति धेरै नेपाली रूपैयाँ खर्चनुपर्ने अवस्था अाएको यो पहिलोपटक हो ।
व्यापार युद्धको प्रभाव भारतीय मुद्रा भारतीय बजारमा परेकाले भारतनिर्भर नेपालको अायातका कारण त्यसको प्रभाव नेपाली रूपैयाँमा समेत परेको हो । साथै, स्थिर विनिमयका कारण भारतीय रूपैयाँ अमेरिकी डलरसँग अवमूल्यन हुँदा त्यसको सिधा नेपालको अर्थतन्त्रमा पर्ने गर्छ ।
युरोको खरिददर १३५ रूपैयाँ ८५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ५४ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५४ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७० पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८४ रूपैयाँ २३ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४९ पैसा र बिक्रीदर १० रूपैयाँ ५४ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ १५ पैसा र बिक्रीदर १७ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ६० पैसा र बिक्रीदर ३२ रूपैयाँ ७७ पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४९ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४४ पैसा र बिक्रीदर १० रूपैयाँ ४९ पैसा, कुवेती दिनार १ को खरिददर ३९० रूपैयाँ ७६ पैसा तथा बिक्रीदर ३९२ रूपैयाँ ७३ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१४ रूपैयाँ ९० पैसा तथा बिक्रीदर ३१६ रूपैयाँ ४९ पैसा तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया