काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप एशिया क्वालिफायर खेलमा नेपालले अपराजित यात्रा कायमै राखेको छ ।
क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा बुधवार बिहान सम्पन्न भएको पाँचौ खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रनको सामान्य योगफल तयार पारेको थियो । चीनका लागि ओपनर ब्याट्सम्यान होङजियान यानले ११ रन तथा डेन्जि माले ५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।
चीनको पारी ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने , बसन्त रेग्मी र ललितनारायण राजबंशीले समान ३–३ विकेट लिएका थिए । एक जना ब्याट्सम्यान भने रन आउट भएका थिए । २७ रनको सामान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १ दशमलब ५ ओभरमा नै निर्धारित लक्ष्य पुरा ग¥यो ।
नेपालका लागि विनोद भण्डारीले २४ तथा प्रदीप ऐरीले नटआउट ४ रनको योगदान दिए ।
यस अघि भएको पहिलो खेलमा नेपालले म्यान्मारलाई ८ विकेटले, दोस्रो खेलमा मलेसियालाई ८ विकेटले, तेस्रो खेलमा थाइल्याण्डलाई १ सय ४० रनले तथा चौथो खेलमा भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो ।
अब नेपालले शुक्रवार सिंगापुरविरुद्ध खेल खेल्नेछ । जीतपछि १० अंक बनाएको तालिकाको शीर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया