काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै एनआइविएल ‘मास्टर कार्ड’ बजारमा ल्याएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक आर्थिक कारोबार गर्न सजिलो होस भन्ने उद्देश्यले बुधवारदेखि मास्टस कार्डसँग सहकार्य गर्दै मास्टर डेविड कार्डको उद्घाटन गरेको हो । ‘मास्टर कार्ड’मार्फत इन्भेष्टमेन्ट बैंकका सेवाग्राही ग्राहकले नेपाल र भारतको लागि ‘डोमेस्टिक कार्ड’ र विश्वभरीका लागि ‘इन्टरनेशनल कार्ड’ प्रयोग गर्न सक्ने छन् ।
बैंकले एनआइविएल ‘मास्टर कार्ड’को उद्घाटनको उपलक्ष्यमा तीन महिनासम्म निःशुल्क कार्ड जारी गर्नेछ। साथै मास्टर कार्डबाट कारोबार गरेवापत नगद फिर्ता गर्ने योजना समेत बैंकले ल्याएको छ।
अहिलेसम्म बैंकले ७७ वटै जिल्लाबाट बैंकिङ सुविधा दिदै आइरहेको छ । बैंकले अहिलेसम्म सम्म २ हजार ६ सय ५७ वटा पस मेसिन जडान गरेको छ भने १सय ५ वटा ‘एटिएम’बाट बैंकिङ सुविधा दिदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया