विगत ४१ दिनदेखि अस्पतालकाे शैय्यामा जीवन र मृत्युबीचको लडाइँमा रहेका हास्यकलाकार राजु श्रीवास्तवको आज निधन भएको छ । केही हप्ता अघि श्रीवास्तवको स्वास्थ्यमा सुधार आएको थियो तर पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा सुधार बिग्रँदै गयाे। श्रीवास्तवलाई हृदयघात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
राजुले आफ्नो प्रतिभाको बलले जनताको मनमा राज गरेका छन् । कमेडीका बेजोड राजा राजुलाई गजोधर भैयाको नामले पनि चिनिन्छ । २५ डिसेम्बर १९६३ मा कानपुरमा जन्मेका श्रीवास्तवका पिता रमेश चन्द्र श्रीवास्तव एक प्रसिद्ध कवि थिए । एक अन्तर्वार्ताका क्रममा राजुले बाल्यकालमा उनलाई कविता सुनाउन भनिएको हुनाले आफ्नो जन्मदिनमा कविता सुनाउने गरेको बताएका थिए ।
सन् १९८२ मा राजु मुम्बई गए र उनको संघर्ष त्यहीँबाट सुरु भयो । सुरुका दिनमा उनले जीविकोपार्जनका लागि अटो रिक्सा पनि चलाएका थिए । त्यसपछि उनले चलचित्रमा साना भूमिका खेले । राजु श्रीवास्तवले अनिल कपूरको फिल्म तेजाबबाट बलिउडमा डेब्यू गरेका थिए।
यो फिल्ममा उनले कमेडी भूमिकाबाट निकै चर्चा कमाए । यसपछि उनले सलमान खानको फिल्म मैने प्यार कियामा ट्रक क्लिनरको भूमिका निभाएका थिए । यसबाहेक उनले शाहरुख खानसँग फिल्म बाजीगरमा कलेज विद्यार्थीको भूमिकामा पनि काम गरेका छन् ।
उनलाई अमिताभ बच्चनलाई धेरै माया गर्थे। श्रीवास्तवले अमिताभ बच्चनको दुरुस्तै नक्कल गर्थे । उनले पहिलोपटक अमिताभको नक्कल गर्ने बापत ५० रुपैयाँ पाएका थिए ।
उनले सन् २००५ मा स्टार वनमा प्रसारण भएको द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज शोमा भाग लिएका थिए। यो शोले श्रीवास्तवको जीवन परिवर्तन गर्यो। यो शोमार्फत उनले धेरै लोकप्रियता कमाए । यो त्यही शो थियो जसअन्तर्गत श्रीवास्तव कमेडी किंग बने र घर–घरमा गजोधर भैया भनेर चिनिन थाले। तर, त्यस शोमा श्रीवास्तव रनरअप बनेका थिए ।
द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज पछि, राजुले प्रसिद्ध रियालिटी शो बिग बोस मा पनि भाग लिए। यसपछि उनी कमेडी शो महामुकबला सिजन ६ र नच बलिए जस्ता शोमा पनि देखा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया