समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालय उद्घाटन

लोकपथ
14
Shares

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौं  शाखा जनकपुर शाखा कार्यालयको उद्घाटन बुधवार एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह,जनकपुर उद्योग वाणिज्व संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका सञ्चालक नीरा ताल्चाभडेलसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धी जानकारी गराएका थिए । आजबाट समृद्धि फाईनान्सको ८ वटा शाखा कार्यालयहरुबाट औपचारीक कारोबार सञ्चालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?