एनएमबि बैंक र सिप्रदीबीच सहकार्य

लोकपथ
21
Shares

काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ्गसँग सहकार्य गरेको छ । जसमा ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्धन गर्न बैंकले समझदारी गरेको जनाएको छ । जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजना व्यवसायसँगसँगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो योजनाले नेपालको विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?