काठमाडाैं : मिर्मिरे मार्इक्रोफार्इनान्सले अाफ्ना शेयरधनीहरूका लागि जारी गरेको १००% हकप्रद शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेले मिर्मिरेको ४ लाख ५० हजार कित्ता शेयर सूचीकरण गरेको हो ।
यो लघुवित्तले असार २७ देखि साउन २९ सम्मको म्याद राखेर अाफ्ना शेयरधनीलार्इ १:१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । हकप्रद बिक्रीपछि मिर्मिरेको चुक्तापूँजी १० करोड ३८ लाख ६० हजार रूपैयाँ पुगेको छ।
गत अार्थिक बर्षमा यो लघुवित्त संस्थाले ३ करोड ४ लाख २९ हजार रूपैयाँ नाफा कमाएको छ । सो नाफाबाट कम्पनीले अाफ्ना शेयरधनीलार्इ २४% बोनश शेयर र १.२६% नगद लाभांश गरि कूल २६.२६% लाभांश दिने घोषणा पनि गरेको छ । राष्ट्र बैंक र संस्थाको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया