एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप झुटो भएको बताइएको छ ।
रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा पेश गरिएको सबै प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन् ।
सन् २००९ मा अमेरीकाको लस भेगासमा ३३ वर्षे रोनाल्डोले आफुमाथि बलात्कार गरेको भन्दै अमेरिकी युवती काथरीनले उजुरी हालेकी थिइन् ।
लस भेगसको होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको भन्दै काथरीनले अन्तवार्ता दिएकी थिइन् । त्यसलगतै उनले प्रहरीमा उजुरी समेत दर्ता गराएकी थिइन् । तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु नक्कली भएको बताएका छन् ।
सन् २०१० मा काथरीनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा ३ लाख ७५ हजार अमेरीकी डलर दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । तर यो सम्झौता बलात्कारको घटना लुकाउन नभएको बताइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया