काठमाडौं, ३१ असोज–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो पार्टीले सरकार न छोडने बताएका छन् ।मंगलबार गृह मन्त्रालयमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले चुनाव सार्ने प्रपन्च थाहा पाए पछि, आफुहरुले सरकारबाट न हटने निर्णय गरेको जानकारी गराए ।“तपाईहरुलाई खास बोलाएको सरकार छोडने विषयमा जानकारी गराउन्लाई हो, तर निर्वाचन सार्ने प्रपन्चका बारेमा सुचना पाए पछि अब सरकारबाट बाहिरीदैनौँ,”उनले पत्रकारहरुलाई भने ।“हाम्रो पार्टी नेकपा (माओबादी केन्द)ले सरकार छोडने विषयमा विज्ञप्ती समेत तयार बनाई सकेको थियो,” उनले थपे, “तर चुनाव सार्ने कुरा आए पछि अब हामी सरकार छोडदैनौँ”।सरकारमा रही रहने नैतिकता हुन्छ त भन्ने प्रश्नको जवाफमा उनले सरकारको मुख्य नैतिकता निर्वाचन गराउने भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया