विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक प्रादेशिक संरचनामा अघि बढेकोले अब नेपाल प्रहरीपनि प्रादेशिक संरचनामा जान आवश्य रहेको बताए ।
बिहीवार बिराटनगरमा प्रदेश नं १ प्रहरी कार्यालयले ६३ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
‘प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखी अघि बढेको अवस्था छ,’ उनले भने, ‘त्यसका लागि नागरिक सुरक्षाको जंगमा उभिएर तीव्र विकास गर्ने योजना सार्थक बनाउन पनि आफ्नै संरचनामा प्रदेश प्रहरी अटाउन आवश्यक छ, सोही अनुरुप नेपाल प्रहरी प्रादेशिक संरचनामा जान आश्वयक छ ।’
त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपाली प्रहरीलाई कानुनी हिसाबमा संघीय बनाउने क्रममा प्रदेश सरकार अघि बढिसकेको जानकारी दिँदै उनले भने, प्रदेश प्रहरीलाई सोत्र साधान सम्पन्न बनाउन मन्त्रालयको कार्ययोजना बनाएर सोही अनुसार काम गर्न मन्त्रालय तयार हरेको बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया