काठमाडाैं : दशैं मान्नका लागि संघीय राजधानी काठमाडाैंबाट दैनिक १ लाख हजार नागरिक बाहिरिइहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
काठमाडाैं अावतजावत गर्ने थानकोट, जगाती, दक्षिणकाली र बालाजु लगायत प्रमुख र सहायक नाका हुँदै बाहिरिने नागरिकको संख्या दिनदिनै बढीरहेको छ।
घटस्थापनाका दिनमा मात्रै १ लाख ३० हजार नागरिक बाहिरिएको ट्राफिक प्रहरीले तयार गरेको तथ्यांकमा उल्लेख छ । असार २४ गते १ लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार नागरिकले काठमाडाैं छाडेका छन् ।
पेशा-व्यवसाय, अध्ययन/अध्यापन र विभिन्न कामका कारण काठमाडाैंमा अस्थायी बसोबास गर्दै अाएका लाखाैं नेपालीहरू बर्षैपिच्छे दशैंको छेको पारेर काठमाडाैं छाड्ने गर्छन् ।
यसपटक पनि अार्इतबारसम्म मात्रै ३ लाख हाराहारी नागरिकले उपत्यका छाड्न यात्राका लागि टिकट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया