नागढुंगा-मुग्लिङ सडक ४ लेन फराकिलो बनाउने सरकारको तयारी

काठमाडाैं : भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले मुग्लिङ-नागढुंगा सडक ४ लेन फराकिलो बनाउन प्रकृया अघि बढाएको छ। 

हाल २ लेन क्षमताको यो सडक विस्तारका लागि विभागले विश्व बैंकलार्इ लगानीका लागि प्रस्ताव पेश गरेको हो । ९६ किलोमिटर लम्बार्इको यो सडकखण्ड फराकिलो बनाउन विभागले विश्व बैंकसँग छलफल शुरू गरेको हो । यसअघि मुग्लिङ-नारायणगढ सडकखण्ड विस्तारका लागि समेत विश्व बैंकले नै अार्थिक सहयोग उपलब्ध गराएको थियो । 

करिब २० अर्ब रूपैयाँ लागत अनुमान गरिएको यो सडक विस्तारका लागि विभागले हालसम्म सर्भे र डिजार्इनको काम सम्पन्न गरिसकेको छ । विश्व बैंकले यो सडकखन्ड विस्तारका लागि समेत चासो देखाएपछि विभागले ढिलोमा दुर्इ महिनाभित्र ऋण सम्झाैता गर्ने गरि विश्व बैंकसँग छलफल अघि बढाएको हो । विश्व बैंकसँग ऋण सम्झाैता भएलगत्तै टेन्डर अाब्हान हुने र ६ महिनाभित्र सडक विस्तार शुरू गर्ने विभागको कार्यतालिका छ ।

हाल यो सडकखण्ड मुस्किलले दुर्इ लेन फराकिलो रहेको छ । संघीय राजधानी काठमडाें भित्रने मूख्य लार्इफलार्इन मानिने सडकका कतिपय पूलहरू २ लेनका पनि छैनन् । अब सडक विस्तारका क्रममा खानीखोला र त्रिशुलीबाट बायाँतर्फ साविकको सडक थप दुर्इ लेन फराकिलो बनार्इनेछ भने नसकिने स्थानमा त्रिशुली नदीबाट दायाँतर्फ दुर्इ लेनको अर्को सडक निर्माण गरिनेछ । हाल कायम २५ किलोमिटर सडकखन्डलार्इ दुर्इ लेनबाट ४ लेन बनाउन नसकिने विभागले जानकारी दिएको छ । 

सिस्नेखोला-धार्के खण्डको ११ किलोमिटर र विशालटार-फिस्लिङ खण्डको १५ किलोमिटर सडकका लागि पहाडको अर्कोतर्फ दुर्इ लेन नयाँ सडक निर्माण गरिनेछ । बैकल्पिक मार्गका लागि विभिन्न खोलामा ४ वटा नयाँ पूल समेत बनाउने विभागको योजना छ । यस्तै, नागढुंगा-नाैबिसे सडकखण्डमा अहिले २.७ किलोमिटर सुरूङमार्ग निर्माण हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?