निलम्बित क्यान कमिटिे मुद्दा फिर्ता लिने तयारीमा

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बित कमिटिले सर्वोच्च अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने भएको छ । 

क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले ‘क्यान’ निलम्बन गरेको साढे २ वर्ष नाघिसकेको अवस्थामा निलम्बित कमिटिले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने लागेको हो । 

क्यानको क्रिकेट विवाद समाधान गर्न ‘आईसीसी’ले अदालतको मुद्दा फिर्ता लिन निलम्बित क्यानलाई आग्रह गरेको थियो । निलम्बित क्यानले कात्तिक १० गते क्रिकेट विवाद सम्बन्धित अदालतमा दायर गरेको मुद्वाको विषयमा निर्णय गर्न निर्वाचित कमिटिको बोर्ड बैठक बोलाएको थियो । 

क्यानको नयाँ विधान अनुसार गठन भएको पाँच सदस्यीय मोनिटरिङ कमिटिले क्रिकेट विवाद समाधान गर्न तत्काल अदालतमा रहेको मुद्दा फिर्ता लिन सम्बद्व पक्षलाई आग्रह गरेको निलम्बित क्यानका उपाध्यक्ष दिवाकर घलले जानकारी दिए । 

शनिबार बिज्ञप्ती जारी गर्दै उपाध्यक्ष घलेले मुद्दा फिर्ताको प्रक्रिया अघि बढेको र त्यसले क्रिकेट निलम्बन चाडैं फुकुवा हुने पनि बताए । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले क्यान विगठन गर्दै नयाँ नेतृत्वको निर्वाचन गर्न तदर्थ कमिटि गठन गरेको थियो । त्यस लगतै निर्वाचित भनिएको कमिटिले अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?