एजेन्सी । युइएफए नेशन्स लिग ‘ए’ अन्तर्गतको खेलमा नेदरल्याण्ड विजयी भएको छ ।
सन् २०१४ को विश्वकप च्याम्पियन जर्मनी नेदरल्यान्डसँग ३-० गोल अन्तरले पराजित हुँदै स्तब्ध भएको हो । खेलको ३० औँ मिनेटमा भर्जिन भान डिजिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि नेदरल्यान्डले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ८६ औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै खेललाई २-० को अग्रता दिए ।
एक पक्षिय रहेको खेल सकिनै लाग्दा नेदरल्याण्डका लागि जर्जिन्हो विज्नल्डमले गोल गरेपछि जर्मनी स्तब्ध बनेको थियो ।
जितपछि नेदरल्यान्ड ग्रुप १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हारपछि जर्मनी १ अंकसहित अन्तिममा छ ।
शनिवार राति भएको अर्को खेलमा चेक रिपब्लिकले स्लोभाकियालाई २-१ गोल अन्तरले, नर्वेले स्लोभेनियालाई १-० ले, बुल्गेरियाले साइप्रसलाई २-१ गोलले तथा गिब्राल्टारले अल्मेनियालाई १-० गोल अन्तरले पराजित गर्यो ।
रिपब्लिक अफ आयरल्याण्ड र डेनमार्कबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । यता लातभियाले काजकिस्तानलाई १-१ गोलको बराबरीमा रोक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया