जोकोभिच र कोरिक साङघाइ मास्र्टस टेनिसको उपाधिका लागि भिड्ने

एजेन्सी । सविर्याली नोभाक जोकोभिच र क्रोशियाका बोर्ना कोरिक जारी साङघाइ मास्र्टस ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन् । 

शनिवार राति सम्पन्न भएको पुरुष एकलतर्फको पहिलो सेमिफाइनल खेलमा सर्बियाली जोकोभिचले जर्मनीका अलेक्जन्द्र भारेभलाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेका हुन् ।

जोकोभिचले विश्व नम्बर पाँच भारेभलाई खेलको पहिला सेटमा ६-२ र अन्तिम सेटमा ६-१ ले पराजित गरे । ३१ वर्षिय जोकोभिच १७ औँ उपाधि जित्ने दौडमा रहेका छन् । उनले यसअघि युएस ओपन टेनिस र सिन्सीनाटी ओपन टेनिस च्याम्पियनसिपको पनि उपाधि जितेका थिए ।

विम्बल्डन च्याम्पियन जोकोभिचले गत अगस्ट १० मा सम्पन्न भएको रोगेर्स कप टेनिस भने गुमाए । 

‘‘म विश्व नम्बर दुईमा पुनः फर्कनु नै मेरो सबैभन्दा ठूलो सफलता हो, सल्यक्रिया गरेको चार, पाँच महिनामा नै म खेलमा फर्कन सफल भए’’ उनले भने । १४ पटकका ग्राण्डस्लाम विजेता जोकोभिचले कम समयमा नै मैले मेरो पुरानो खेल लयमा पकड्न सफल भएको बताए । 

यता शनिवार राति नै भएको अर्को खेलमा क्रोशियाका बोर्ना कोरिकले २० पटकका ग्राण्डस्लाम च्याम्पियन स्विट्जल्याण्डका रोजर फेडेररलाई २-० को निक्कै प्रतिस्पर्धात्मक सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरे ।

खेलको पहिलो सेट ६-४ र दोस्रो सेटमा ६-४ को कडा टक्कर दिएका फेडरर भने कोरिकसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?