दशैंमा नेपाली सेनाले नि:शुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडाैं : नेपाली सेनाले दशैंका बेला राजधानी काठमाडाैंमा यात्रा गर्ने यात्रुको सुविधाका लागि विभिन्न ८ वटा रूटमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

कार्तिक २ गते विजयादशमी (टीका)को दिन काठमाडाैंमा सार्वजनिक सवारी साधन निकै कम चल्ने भएकाले यात्रुको सुविधाका लागि बस सञ्चालन गर्न लागिएको सेनाले जानकारी दिएको छ। 

सेनाका ३० सिटे बसहरू भद्रकालीबाट बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे छुट्नेछ । 

यी रूटमा सेनाले दिनेछ नि:शुल्क बससेवा :

पहिलो रूट : भद्रकाली-माइतीघर-बानेश्वर-कोटेश्वर -एकान्तकुना -बल्खु -किर्तिपुर-कलंकी-कालीमाटी-त्रिपुरेश्वर-रत्नपार्क।

दोस्रो रूट :  भद्रकाली-जमल-लैनचौर-नारायणगोपाल चोक-बुढानिलकण्ठ-बालाजु-सोह्रखुट्टे-कान्तिपथ-माइतीघर ।

तेस्रो रूट :  भद्रकाली-माइतीघर-त्रिपुरेश्वर-कालीमाटी-कलङ्की-थानकोट-स्वयम्भू-छाउनी-ताहाचल-टेकु-थापाथलीमा संचानलन हुनेछ।

चौथो रूट :  भद्रकाली-माइतीघर-बानेश्वर-तिनकुने-गौशला-चावहिल-जोरपाटी-नारायणगोपाल चोक-लाजिम्पाट-कान्तिपथ-पुन भद्रकाली ।

पाँचौ रूट : भद्रकाली-थापाथली-कुपण्डोल-जावलाखेल-सातदोबाटो-चापगाउँ-सातदोबाटो-तीनकुने-बानेश्वर-शहिदगेट।

छैटो रूट : भद्रकाली-दरबारमार्ग-कमलपोखरी-गौशला-चावहिल-बौद्ध-साखु-चावहिल-गौशला-तिनकुने हुँदै पुन भद्रकाली।

सातौ रूट : भद्रकाली-माइतीघर-नयाँ बानेश्वर-पुरानो बानेश्वर-गौशला-सिनामंगल-कोटेश्वर-सुर्यविनायक-ठिमी-कोटेश्वर-माइतिघर-भद्रकाली।

आठौ रूट : भन्द्रकाली-माइतीघर-कोटेश्वर-सातदोबाटो-कलङ्की-चावहिल-गौशला-तीनकुने हुँदै भद्रकाली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?