एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको ४३ औँ मिनेटमा पोर्चुगलका लागि हेल्डर कोस्टाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७४ औँ मिनेटमा मासेडो लोपेजले गोल गरे । ८४ औँ मिनेटमा तुइ ना बाङग्नाले गोल गर्दै खेललाई ३-० को स्थितीमा पुर्याए ।
खेल सकिनै लाग्दा स्कटल्यान्डका स्टेभन नेसस्मिथले एक मात्र सान्त्वना गोल फर्काए । पोर्चुगल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको पोर्चुगलले स्कटल्याण्डमाथि शानदार जीत हात पारेको हो ।
स्कटल्यान्डले व्यहोरेको यो छैटौं हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया