एजेन्सी । ‘यूइएफए’ नेसन्स लिग अन्तर्गत पोल्याण्ड पराजित भएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा पोल्याण्ड इटालीसँग १-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
इटालीका लागि खेलको सकिनै लाग्दा मार्क विराघीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । विराघीले अन्तर्राष्ट्रिय खेलको गरेको यो पहिलो गोल हो ।
जारी प्रतियोगितामा इटालीले हात पारेको यो पहिलो जीत हो । गत मे महिनादेखि टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक रोबर्टो मान्चिनीले टिमलाई पहिला जीत दिलाउन सफल भए ।
जितपछि इटालीले ३ खेलमा ४ अंक बनाएको छ । हारसँगै ३ खेलमा १ अंक जोडेको पोल्यान्ड रेलिगेसनमा पर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया