एजेन्सी । सर्वियाली नोभाक जोकोभिचले चीनमा भएको साङघाइ मास्र्टस ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा विश्व नम्बर दुई जोकोभिचले क्रोशियाका बोर्ना कोरिकलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् ।
३१ वर्षिय जोकोभिचले २१ वर्षका कोरिकलाई सहजै हराउँदै चौंथो पटक यो प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए ।
जोकोभिचले खेलको पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे । तर, दोस्रो सेटमा भने कोरिकले जोकोभिचलाई कडा टक्कर दिए । दोस्रो सेट जोकोभिचले ६-४ ले जिते ।
यि दुई खेलाडीबीचको खेल १ घण्टा ३५ मिनेट चलेको थियो । यसअघि कोरिकले स्विट्जल्याण्डका रोजर फेडेररलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया