कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न

लोकपथ
0
Shares

धनगढी । कैलालीमा बिहीवारदेखि भारी वर्षा सुरु भएको छ । बिहीवार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ ।

वर्षाका कारण दसैँको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षेतिको विवरण भने आएको छैन ।

‘अहिले सम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’

जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहीवार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेस गरेको छ । जस्का कारण बिहीवारदेखि शनिवार सम्म नै अधिकांस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘बिहीवार रातीदेखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रवार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिवार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमवार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?