कार्तिक तेस्रो साताबाट कावासोतीमा फुटबल प्रतियोगिता हुने

कावासोती । दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कार्तिक तेस्रो हप्ता हुने भएको छ । 

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष कार्तिक ११ गतेदेखि शुरु हुने सोमवार पत्रकार सम्मेलनमा आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । 

१५ वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा विभागीय तथा ‘ए’ डिभिजनका टोलीको समेत सहभागिता रहने छ । विजेताले ४ लाख उनान्सय हजार ५ सय ५५ तथा उपविजेताले  २ लाख ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताए । 

खेलको माध्यमबाट युवालाई वन र वन्यजन्तु संरक्षणमा लाग्ने उत्प्रेरणा जगाउन समेत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल सरकारसहित विभिन्न गैह्रसरकारी संस्थाको समेत सहयोग रहने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?