बजारको निरन्तर ओरालो यात्राले छेकेन सेयर धितो कर्जालाई

लोकपथ
28
Shares

काठमाडौं । सेयर बजारको निरन्तरको ओरालो यात्राले सेयर धितो कर्जालाई नछेकेको देखिएको छ । पछिल्लो समय सेयरबजार परिसुचक निरन्तर ओरालो लागेको भएपनि सेयर धितो शिर्षकमा ७५ अर्ब भन्दा बढी कर्जा प्रवाह हुनुले पनि यस्तो देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साउन मसान्तमा ३१ सय ६० दशमलव एक अंकमा रहेको नेप्से सूचकांक अहिले अर्थात २०७९ साउन मसान्तमा दुई हजार ४१ दशमलव एक अंकमा खुम्चिन पुगेको छ । तर यही खुम्चाईको बावजुत पनि सञ्चालनमा रहेका २६ वटा बिकास बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुले भने सेयर धितो शिर्षकमा ७६ अर्ब ८० करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५० खर्ब ३५ अर्ब ९६ करोड ४० लाख र ४७ खर्ब १८ अर्ब ९९ करोड ७० लाख रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुले भने चालु आवको साउन मसान्तसम्ममा ४४ खर्ब ३४ अर्ब ७५ करोड ३० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४१ खर्ब ८५ अर्ब ८२ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शिर्षकमा मात्र भने ६१ अर्ब ५६ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यसैगरी बिकास बैंकले पनि उक्त अवधिमा चार खर्ब ९८ अर्ब ८५ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ४१ अर्ब ९४ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शिर्षकमा मात्र भने ११ अर्ब ४२ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने चालु आवको पहिलो एक महिनाको अवधिमा एक खर्ब दुई अर्ब ३५ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९१ अर्ब २२ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शिर्षकमा मात्र भने तीन अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?