डलर महँगिदा खुसीयाली !

काठमाडौं–दसैं भित्रिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन उकालो लागेको छ ।

 सामान्यतः दसैंको बेला व्यापारीले पनि मौका हेरेरे वस्तु तथा सेवाको मूल्यवृद्धि गर्ने प्रचलन नयाँ भने होइन । तर, यसपालिको दसैंंमा भने विप्रेषण आउने घरपरिवारलाई भने केही राहत पुगेको छ ।

अमेरिकी डलर हालसम्मकै बलियो बनेकाले पनि रेमिट्यान्स भित्र्याउने परिवारलाई दसैंको महँगीमा डलरबाट हुने आम्दानीले केही सन्तुलन गर्ने निश्चित छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले नेपाल पठाउने रेमिट्यान्सको धेरै हिस्सा डलरमा नै आउँछ । पछिल्लो समयमा एक अमेरिकी डलर बराबर ११८ नेपाली रूपैयाँ पुगेको छ । यो अवस्थामा डलरमा रेमिट्यान्स पठाउनेलाई बढी नै फाइदा हुन्छ । कारोबार दैनिकमा खबर छापिएको छ ।

जुन फाइदाले महँगिएको दसैंको बजारमा किनमेलका लागि केही राहत पुग्नेछ । चाडबाडमा नेपालीहरूको नयाँ लुगा लगाउने, मिठो खाने संस्कृति भएकाले चाडपर्वका लागि भन्दै विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेका यो समयमा रेमिट्यान्स आप्रवाह बढी हुने गरेको अधिकारीहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?