काठमाडौं । मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता भएको छ ।
गत निर्वाचनको तुलनामा आगामी निर्वाचनका लागि धेरै स्थानमा स्वतन्त्र उम्मेदवारहरुको लहर चलेको छ ।
देशभरको निर्वाचनमध्ये काठमाडौंको निर्वाचनलाई चासोका साथ हेरिन्छ । सो क्रममा काठमाडौं क्षेत्र नं १ मा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मनोनयन दर्ता गराउन पुगेका थिए ।
गठबन्धनबाट नेपाली कांग्रेसका नेता उम्मेदवारी दर्ता गराउन दलबलसहित पुगेका थिए । २०५१ सालबाट सो क्षेत्रमा लडेका कारण उनी थप हर्षित मुद्रामा देखिन्थे । २०७४ सालको निर्वाचनमा समेत जित हासिल गरेका कारण उनी आगामी निर्वाचन जित्नेमा विश्वस्त रहेका छन् ।
त्यस्तै २०७४ को निर्वाचनमा सिंहलाई जितका लागि टक्कर दिएका रवीन्द्र मिश्रले पनि सानो समूहसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए । अघिल्लो निर्वाचनमा विवेकशील साझाबाट उम्मेदवार बनेका उनी आगामी निर्वाचन राप्रपाबाट लड्दैछन् । सानो समूहसहित पुगेका उनी हर्षित मुद्रामा देखिन्थे ।
त्यसैगरी नेकपा एमालेबाट उम्मेदवार बनेका किरण पौडेल पनि दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए । पहिलोपटक निर्वाचन लड्न लागेका पौडेल केही नर्भस मुद्रामा देखिन्थे ।
यता नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल छुट्टै तरिकाले संसद भवन पुगेका थिए । उनी आफैँ गाडी चलाएर मनोनयन दर्तास्थल पुगेका थिए । अन्य उम्मेदवार भन्दा उनको प्रवेश छुट्टै थियो ।
त्यसैगरी अन्य दल र स्वतन्त्रबाट समेत सो क्षेत्रमा उम्मेदवारी परेको छ ।
प्रकाशमान सिंहको मनोनयन
रवीन्द्र मिश्रको मनोनयन
किरण पौडेलको मनोनयन
रमेश खरेलको मनोनयन
तस्बिर : अभिषेक लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया