संगीतकार सुरेश अधिकारी भन्छन्, ‘दशैँ त बाल्यकालमै रमाइलो’

बाल्यकालमा दशैँ जति रमाइलो लाग्थ्यो, अहिलेको दशैँको संस्कार त्यसको तुलनामा दशैँको महत्त्व कम हुँदै गएको छ । अहिले यो पर्व धेरैका लागि ‘फेसन’बन्नथाले पनि ठूलाबडाका हातबाट टीका लगाउने र आशीर्वाद लिने पवित्र चाडका रुपमा दशैँलाई मान्नेहरु अहिले पनि उत्तिकै छन् । बाल्यकालमा दशैँको जुन रमाइलो हुन्छ, त्यो रमाइलो पछि भने बिस्तारै ‘जिम्मेवारी’ मा बदलिँदै जाने गर्छ । जसका कारण दशैँ र दशैँको तयारी दुवै एकसाथ लैजानुपर्ने हुन्छ धेरैले ।

यतिबेला दशैँको रन्कोले कलाकारदेखि संगीतकार सबैलाई उत्तिकै छोएको छ । अझ दशैँमा त कलाकारको व्यस्तता झन् बढी नै हुने गर्छ । धेरैका लागि दशैँ विशेष पर्व पनि हो । लोकप्रिय संगीतकार तथा गीतकार सुरेश अधिकारीले पनि दशैँलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । उमेर ढल्किँदै गर्दा दशैँको रौनक क्रमशः व्यवहारिक हुँदै गएको त छ तर अहिले पनि दशैँ भनेपछि अधिकारी उत्तिकै उत्साहित हुन्छन् ।

‘दशैँ आएपछि म अहिले पनिउत्तिकै उत्साहित हुने गर्छु, बच्चामा त झन् मामाघर जानपाइने, मीठो खान र राम्रो लुगालगाउनपाइने भएकाले यो पर्वले बेग्लै खुशी ल्याइदिन्थ्यो’, अधिकारीले सुनाए, ‘अहिले जिम्मेवारी थपिएको छ, परिवारको लागिपनि सोच्नुपर्छ, बरु गीत र संगीतले चाडबाडमा अझ व्यस्त बनाइदिन्छ ।’

 

यति बेला प्रायःकलाकार दशैँ विशेष विभिन्न कार्यक्रममा व्यस्त हुने गर्छन् । सुरेश अधिकारी पनि यस्तै कार्यक्रममा बढी व्यस्त हुने गर्छन् दशैँ आउँदा । सांगीतिक कार्यक्रम नै नभएपनि दशैँको मौका पारेर गरिने अन्य कार्यक्रममा पनि उनलाई निम्ता आउने गर्छ ।कहिलेकाहीँ त सुरेश आफ्नो परिवारलाई समय दिनसमेत भ्याइरहेका हुँदैनन् । पर्वका बेला कलाकारको व्यस्तता बढ्नु नौलो रहेन पनि ।

‘दशैँको रमाइलो भन्नु के रहेछ भने परिवारसँग बसेर समय बिताउन पाउनु, साथीभाइ भेट्नु, मीठो चोखो खानु रहेछ’, उनले भने, ‘दशैँ भनेपछि गज्जबको रमाइलो त अहिले पनि लाग्छ, यस्तो चाडमा आफ्नो परिवारका लागि समय दिनुपर्ने हो, तर कहिलेकाहीँ अलिक व्यस्त भइन्छ ।’

यसपालिको दशैँमा अधिकारीको खासै त्यस्तो योजनाचाहिँ छैन । तर, सधैझैँ उनी यसपटकको दशैँलाई पनि स्मरणयीय बनाउन चाहिँ चाहन्छन् । ‘बच्चा बेलामा पिङ खेल्न पनिउत्तिकै रमाइलो हुन्थ्यो, अहिले त्यो बालापन जस्तो त कहाँ हुन्थ्यो र? रमाइलो हुँदै नहुने चाहिँ होइन ।’, सुरेशले सुनाए ।

काभ्रेको कुसादेवीमा सुरेशले कयौं दशैँ मनाएका छन् । गाउँमा हुँदा रमाएका दशैँ प्रायः सबै उत्तिकै प्रिय लागे पनि सम्झन लायक विशेष कुनै घटना भने नभएको उनी बताउँछन् । ‘बाल्यकालका हरेक दशैँ उत्तिकै प्रिय छन्, यही दशैँ नै यस कारण राम्रो भन्ने चाहिँछैन, तर ती केटाकेटी बेलाका दशैँलाई अहिले पनि सम्झेर रमाइ रहेको हुन्छु ।’, उनले भने ।

पछिल्लो समयभने अधिकारीको व्यस्तता बढी काठमाडौंमै हुने गर्छ । तर, दशैँमाभने प्रायःउनी काठमाडौंबाट जन्मघर काठमाडौं जाने गर्छ । ‘यसपालि पनि दशैँ गाउँफर्केर मनाउने पहिलेकै योजना हो, तर गाउँमापनि धेरै बस्न पाइँदैन, कामको व्यस्तताले काठमाडौं फर्किहाल्नुपर्छ ।’, उनले सुनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?