नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान चाड भनेको बडा दशैँ हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आर्शीवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।
यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी वर्षौदेखि चल्दै आएको छ ।
दशैँमा विशेष गरी मासुका विभिन्न परिकारका साधै अन्य भोजनहरु बनाएर खाने चलन छ । बुढापाकाले त दशैँमा मासु खाएन भने दशैँ नै होइन पनि भन्ने गरेका छन् ।
दशैँको बेला धेरै परिकारका खानेकुरा घरमा बनाइन्छ । दशैँ मनाउन भनेर आएका आफन्तजनहरुको लागि त भोज जस्तै हुने गरेको छ । दशैंको बेलामा खानेकुराको मात्रा र धेरै खानेकुराहरु एकै चोटि खानाले बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउने गरेको छ । खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने जस्ता कुराहरुको सामान्य ज्ञान हुनु जरुरी छ । अन्यथा हामीले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ ।
यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिएको छ । जसलाई सँगसँगै खानुहुँदैन ।
- दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
- दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन ।
- दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।
- माछा र सक्खर सँगै खानुु हुँदैन ।
- दुधको साथमा बटर, काँचो केरा, आँप, जामुना, ओखर, नरिवल खानु हुदैन ।
- परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
- हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।
- भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
दशैँमा विशेष ध्यान दिनुपर्ने कुराहरू :
दशैँको बेलामा बिशेषगरि मासुका परिकार धेरै बन्ने भएकाले, मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।
यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरका लागि अति आवश्यक तत्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।
आफैले घरमा मासु सफा तरिकाले पकाउने र सरसफाइमा विशेष ध्यान दिनु अवाश्यक छ । मासु किन्न जादाँ विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु किन्नुपर्छ । मासु खाएको बेलामा अधिकतम हरियो सागसब्जी पनि खानुलाई रामो मानिन्छ । आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने, मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार सकेसम्म खानु हुदैन । दैनिक व्यायाम गर्ने, सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने गर्नु पर्छ ।
मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पंक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गनुपर्छ ।
रक्सी त जुनसुकै बेलामा पिएपनि नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्ने भएकोले यससँग टाढा हुनुपर्छ ।
दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी खानु हुदैन । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाउँदछ ।
ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन गर्नुहुँदैन । मदिरा पदार्थ सेवन गरेको बेलामा प्रशस्त पानी पिउनुपर्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भने पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भने रक्सी सेवन गर्नुहुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया