सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

लोकपथ
63
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका एकजना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् ।

यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जोकोहीले मंगलवारबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?